20120124

जीवनमा सुख र हाँसो सधै पाइन्न


 गीत                    
-राजन राई "दुखिया "

जीवनमा सुख र हाँसो सधै पाइन्न
सोचे जस्तो सहारामा साथै पाइन्न


खुशी हुन खोज्यो भने खुशी मिल्दैन
आशु रहेछ मेरो जीवन हाँसो खुल्दैन
आखिर रित्तो जीन्दगी हो केही रहिन्न
सोचे जस्तो सहारामा साथै पाइन्न


जीउँन आखिर खोज्यो भने हाँस्न सकिन्न
ब्यया रहेछ मेरो जीवन बाँच्न सकिन्न
आखिर लास जस्तै जीवन सुख रहिन्न
सोचे जस्तो सहारामा साथै पाइन्न

댓글 없음:

댓글 쓰기