gagal

레이블이 गीत인 게시물을 표시합니다. 모든 게시물 표시
레이블이 गीत인 게시물을 표시합니다. 모든 게시물 표시

20120124

जीवनमा सुख र हाँसो सधै पाइन्न


 गीत                    
-राजन राई "दुखिया "

जीवनमा सुख र हाँसो सधै पाइन्न
सोचे जस्तो सहारामा साथै पाइन्न

20110730

सहेर ब्यथा हासे कै छु

सहेर ब्यथा हासे कै छु
लुकाएर लाज ढाकेकै छु
जति सहनु सहे जीवनमा,
हरेक पीडा सङ्गालेर जीएकै छु


बैगुनीको गुणले मारिएकै छु
त्रिष्णामा उनीबाट टाढिएकै छु
जति रुनु रोइ सके जिन्दगीमा,
हरेक चोट खाएरै जीएकै छु


सामिप्यतामा उनिदेखि सारिएकै छु
जोडीएको मुटु बाट फालिएकै छु
जति घात खानु खाए पिरतीमा,
हरेक ब्यथा सहेर जीएकै छु 

20110729

घाउ लाग्दा जीवनमा

घाउ लाग्दा जीवनमा दाग त कहाँ मेटिन्थ्योर
चोट लागे मनमा पानीले धोए कहाँ धोइन्थ्योर

मन सबैको एउटै भए चोट किन लाग्थ्योर
आफनो सबैले आफनै सोचे दाग किन लाग्थ्योर
घाउ लाग्दा जीवनमा दाग त कहाँ मेटिन्थ्योर
चोट लागे मनमा पानीले धोए कहाँ धोइन्थ्योर

आफूको आफैले कर्म गरे दु:ख कहाँ आउँथ्योर
मान्छेले मान्छेको धर्म गरे गुहार माग्न किन पर्थ्योर
घाउ लाग्दा जीवनमा दाग त कहाँ मेटिन्थ्योर
चोट लागे मनमा पानीले धोए कहाँ धोइन्थ्योर

20110720

म मरे भने

म मरे भने आएर रोइ देउ त्यो मेरो लासैमा
ढाकेर आउनु  पित्म्बरले त्यो मृत्‍यु शैयामा

भनी दिनु निस्ठुरीलाई

भनी दिनु निस्ठुरीलाई निर्दयीको मायाँ  छ रे
भूली गए निर्दयीलाई लाखौं सन्देश दिएकै छ रे


गोधुलीमा जुनेलीमा एक्लै म त टोलाई रहेछु
प्रित सगै आउछ भनी निस्ठुरीकै बाटो हेरी रहेछु
भनी दिनु बैगुनीलाई बेसहाराको साथ छ रे
भूली गए निर्दयीलाई लाखौ सन्देश दिएकै छ रे


मनकामना साची लाको माया सम्झि बाच्या छ रे
प्रित लिन आउछ भनि बुढा सुब्बा भाक्य छ रे
भनि दिनु बेहोशीलाइ कोमल मनको माया छ रे
भूली गए निर्दयीलाई लाखौं सन्देश दिएकै छ रे

बिर्सनेलाई माया दिदा

बिर्सनेलाई माया दिदा फेरि तोड्ने हो की
मुटु साटी बस्दा कतै मलाइ छोड्ने हो की


मायाले नै मन लाइ सक्दैनौ की गोडी दिनु
सायद तिम्रो चाहाना होला यो मनलाइ तोडी दिनु
बग्दैछु म आशुमा नै हाँस्नु यादमा आँखा छोपी
मुटु साटी बस्दा कतै मलाइ छोड्ने हो की


बेदनामा सधैं रुदा खित्का छोडी हास्छौ होला
तड्पिएर साथ दिदा तिरस्कारले तोड्छौ होला
जीएकै छु बेसहारामा, बाँच्छु यादमा घाऊ छोपी
मुटु साटी बस्दा कतै मलाइ छोड्ने हो की

लाग्छ तिमी यहि धर्तीको

                                        रचना -राजन राइ "निष्चल"

लाग्छ तिमी यहि धर्तीको गुलाफ फूल हौ 
टोलाइ हेर्दा आकाशमा चम्किने जून हौ

हरेक प्रहर निदरीमा आउने मिठो सपना हौ
बिउँझिएर एक्लो पनामा नयनमा बग्ने तिमी हौ  
लाग्छ तिमी यहि धर्तीको गुलाफ फूल हौ
टोलाइ हेर्दा आकाशमा चम्किने जून हौ

पल पल जिन्दगीमा छाइ दिने तिमी हौ
सदा जीवन साहारामा आइ दिने तिमी हौ
लाग्छ तिमी यहि धर्तीको गुलाफ फूल हौ
टोलाइ हेर्दा आकाशमा चम्किने जून हौ